Ram Gurung

अमेरिकाको जर्जिया राज्यमा बसोबासो गर्ने भुटानी तथा नेपाली दाजु भाई दिदी बहिनीहरुले गुरुङ(तमु) जातिको नंया वर्ष(ल्होछार) जनवरी ८ को दिन धुमधाम हर्सौल्लासको साथमा मनाएका छन् । उक्त चाडको उपलक्ष्यमा बिहानै देखि चार जना भुटानी लामा गुरुहरुको अगुवाइमा स्थानीय मिलम पार्कमा बौद्ध धर्मवाल्म्भीहरुको उलेख्य उपस्थितिमा पठन पाठन सम्पन्न भएको हो। उक्त अवसरमा अस्ट शील ग्रहण गरि सोजुंग पूजा, आर्य अवालोकेतेश्वरको पूजा, माता लक्ष्मीको पूजा, महाकालको पूजा साथै विश्व शान्तिको कामना गरिएको हो  । सोहि अवसरमा क्लार्कस्टोन कमुनिटी हलमा बलुकी स्थानीय साथै विभिन्न राज्यबाट विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो।

 यसै अवसरमा नेपालको गोलधाप शरणार्थी शिविरबाट एटलान्टमा पुनर्बास हुनु भएका श्री बिशाल गुरुङ को निर्माणमा पहिलो  भजन संग्रह ‘भजन समर्पण‘ को  प्रमुख अतिथि श्रीमती मनिकला गुरुङ(बस्नेत NASEAअमेरिकाका भूतपूर्व सभापति राजा घलेको बहुलीबाट बिमोचन गरिएको हो   उक्त एल्बममा सातवटा भजन समाबेस गरिएको   । उदयमान कलाकार किशोर सिवाकोटी, अगम गुरुङ, कमल राई, सुमन दिंगमाली, रत्न ठुलुंग, र बिशाल गुरुङ को शब्द संगीत रहेको छ भने  प्रनिम राई, सागर राई, सरिता राई, सुमन दिंगमाली, बिशाल गुरुङ र प्रताप मगरको कर्णप्रिय आवाजमा सजिएको छ  । यस एल्बमको रेकोर्दिंग रेकोर्दिस्ट हर्क गुरुङ ले स्थानीय एच. के. रेकोर्दिंग स्टुडियो मा  रेकोर्ड गरेका हुन् भने संगीत संयोजन कमल राई ले गरेका हुन्  । यो एल्बमको निर्माणमा Bhutanese Artists of Georgia(BAG) बिशेस सयोग रहेको छ । उक्त अवसरमा सम्पूर्ण कलाकारहरुलाई खदा र प्रमाण पत्रद्वारा सम्मान जनाएको हो ।

Advertisements