भुटानी शरणार्थी शिबिर सनिश्चारे शिबिरबाट संचालन हुदै आएको शरणार्थी बिशेष तथा शरणार्थी बिधार्थीको प्रयाश,  खबर पत्रिका लाई कव्जा मा लिएको छ

स्रोतका अनुसार उक्त पत्रिकामा यु. बे. ए. सी. नामक भुटानी शरणार्थीहरुको संस्थाका फौंदर घनश्याम सुनवार र यसै संस्थाका सदस्य तुलाराम मिलेर खबर पत्रिका प्रकाशित  हुनासाथ वितरण गर्न भनि शिबिर पुग्दा यसै पत्रिकाका सम्पादक हेम गिरिका हातबाटै कब्जामा लिएका थिए

पत्रिकाका सम्पादक हेम गिरि यस बिषयमा भन्छन “यो सब हामिले उक्त पत्रिकामा यु. बे. ए. सी. का बारे मा तितो सत्य समाचार  लेखेका कारण भएको हो तर जे भए पनि एउटा पत्रकार हुनाको कर्तब्य निभाएको छु मैले; यो तेतीकै लेखिएको समाचार होइन, शिबिरबाशीको भनाइ अनुसहार लेखेको हुँ”

यसरी शिबिरभित्र संचालन हुदै आएको पत्रिकामा हस्तछेप गर्नु साचै यु. बे. ए. सी. को गल्ति छ या खबर पत्रिकाको यस बिषयमा छलफल हुदैछ भन्छन सनिस्चरेका REFUGEES VOICE का सम्बाद दाता दलबिर राई

Reported by Dal Bir Rai and Hem Giri From Sanischare for REFUGEES VOICE.

 

Advertisements