झापाको हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र रोपिएका २ सय बढी केराको बोट शुक्रबार नष्ट गरिएको छ ।
वन क्षेत्रका स्थानीय बासिन्दाले वनको क्षेत्रभित्र केराको बोट रोपेपछि जंगनका बोट विरुवा नष्ट भएको वनले जानकारी दिएको छ । केराको बोट रोप्ने अनि विस्तारै वन अतिक्रमण शुरु हुने भएकोले केराको बोट डोजरको प्रयोग गरी हटाउने अभियान शुरु गरेको वनका अध्यक्ष महेन्द्र सिंह निरौलाले बताए ।
यसैबीच भूटानी शरणार्थी शिविर बेलडाँगी क्षेत्रमा पनि चाँडै केराको बोट र चौपाया हटाउने योजना बन्दै गरेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । हाल वनको उपभोक्ता रहेको वडा नं. ३ र ५ को वनको किनारा क्षेत्रमा केराको बोट फलफूल लगायतका बोट विरुवा लगाउने कार्य त्रि्ररुपमा बढ्दै गएको वन कार्यालयले जानकारी दिएको छ ।

Purbeli Times

Advertisements