“जे नहोस भन्यो आखिर त्यही किन हुन्छ हामीमाथि
सिस्नुको झ्याङ किन उम्रन्छ हाम्रै छातीमाथि
यसरी आफन्तको लाशको पहाड चढेर कुन शिखर उक्लनु छ हामीले
आफु सारा हारेर के जित्छु छ हामीले”

माथिका हरफ नाटक बेरङ रङहरुको एउटा अंश हो। झापाको दमकमा रहेर पछिल्लो डेढ दशक देखि विभिन्न नाटकहरु प्रदर्शन गरिरहने गन्तव्य थिएटरले आफ्नो नयाँ प्रस्तुती नाटक बेरङ रङहरु दमकमा पुस्तकालय स्थापना सहयोगार्थ यहि फाल्गुन 28 र 29 गते प्रदर्शन गर्ने भएको छ। यस अघि दार्जेलिङ, भोजपूर र इलाममा राम्रो प्रतिक्रिया पाएको नाटक बेरङ रङहरु दमकमा इ–पुस्तकालय स्थापनार्थ प्रदर्शन हुने भएको हो। यो नाटक दर्जेलिङमा भोलियन्टर युथ एक्सन (भिवाइए) संस्थाले सामाजिक कामका लागि सहयोगार्थ र भोजपुरमा गजल प्रतिष्ठाज भोजपुरले साहित्यीक महोत्सव सहयोगार्थ मञ्चन गरिसकेको छ।
जाती, धर्म, सम्प्रदाय तथा अन्य कुरा भन्दा पनि पहिलो कुरा भनेको मानवता नै हो, भन्ने सन्देश बोकेको नाटक दमकमा मात्र नभएर निकट भविष्यमा नै काठमा48डौँ, भुटानी शरणर्थी शिविर र भारतको सिक्किम साथै सिलगुढीमा पनि प्रदर्शन हुने कुरा नाटकका व्यवस्थापक सुर्य लिम्बूले बताउनुभयो। साथमा उहाँ भन्नु हुन्छ, “दर्शकले अत्यान्तै माग गरेको र दमकमा सिर्जनशिल युवाहरुले इ–पुस्तकालयको बिचार उठाइरहेको बेला यो नाटक प्रदर्शन गर्न लागेका हौँ।” परिकल्पना तथा निर्देशक प्रकाश आङ्देम्वे भन्नुहुन्छ, “सिर्जनशिलल युवाहरुको राम्रो अभियानमा यो नाटक हाम्रो सहयोग हो।” साथमा उहाँ थप्नुहुन्छ, अहिले विश्वमा नाटक लेखिदैन नाटक खेलिन्छ, प्रयोग हुन्छ। त्यस्तै कम संवाद रहेको यो नाटकमा पनि हामीले सकेसम्म म्युजिक र लाइटको राम्रो प्रयोग गरेका छौँ। यस नाटक हामीले सिच्वेसन क्रिएट गर्दै त्यसलाई अभिनय गरेका छौँ, भन्नुहुन्छ नाटकका कलाकार भुटानी शरणार्थी दिलन समाल। पुर्णतः प्रयोगमा रहेको नाटकका कलाकारहरु मध्ये ४ जना भुटानी शरणार्थी शिविरबाट रहेका छन।
दमक क्षेत्रमा पुस्तकालय निर्माणका कुरा यस अघि पनि बारम्बार रुपमा अगाडी बढिरहेको तर कार्यन्वयन नभइरहेको अवस्थामा दमकका युवाहरुले पढ्ने घर नाम दिएर पुस्ताकालय निमार्ण गर्न लागेको कुरा पढ्ने घरका अध्यक्ष विनोद प्रहारले जानकारी दिनुभयो। साथमा उहाँ भन्नुहुन्छ, “यो पुस्तकालयमा हामी किताब मात्र नभएर इन्टरनेटबाट अध्ययन गर्न सकिने पुस्तकालय स्थापना गर्न लागेका हौँ।” पुस्तकालय आगामी ३ महिना भित्र नै सञ्चालन हुनेकुुरा पुस्तकालय समुहले विश्वस्त गराएको छ।

Click Here to Read Original Post