मोरङको शनिश्चरेस्थित शरणार्थी शिविर केही समयअघि अमेरिका पुनःस्थापना भएका बुद्धिमान गुरुङको शुक्रवार मृत्यू भएको छ ।
विहीबार राती ११ बजे कामबाट पेन्सिलभेनियास्थित घर आएका गुरुङ शुक्रवार विहान सोफामै मृत अवस्थामा फेला परेका थिए ।
राती आएर परिवारसँगै सुतेका गुरुङलाई विहान खाना खान बोलाउँद नबोलेपछि हेर्दा मृत अवस्थामा रहेको परिवारले जनाएको छ । मृत्यूको कारण अहिलेसम्म नखुलेपनि प्रहरीले मृत्यूको कारणबारे अनुसन्धान भईरहेको जनाएको छ ।
गुरुङ सन् २००९ मे ५ मा अमेरिका आएका थिए । उनीहरु अमेरिकाको २६४४ ग्रिन स्ट्रीट ह्यारिशबर्ग पेन्सिलभेनिया (१७११०) मा बस्दै आएका थिए ।
Source: Purbelitimes.com



