पुनर्बास भई अमेरिका लगायतका आठ पश्चिमी देश पुग्ने भुटानी शरणार्थीको संख्या ५८ हजार चारसय १२ पुगेको छ ।

पुनर्बास हुने मध्ये सबभन्दा बढि ४९ हजार १२ जना अमेरिका पुगेका छन् । यसैगरि अष्टेलियामा तिनहजार एकसय ९७ जना, क्यानाडामा चारहजार एकसय ९५ जना ,डेनमार्कमा ६ सय १२ जना,बेलायतमा एकसय ११ जना, नेदरल्याण्डमा ३ सय २४ जना, नर्बेमा ३ सय ७२ जना र न्युजिल्याण्डमा ५ सय ८९ जना भुटानी शरणार्थी पुनर्बास भइसकेका छन् ।

दमकस्थित संयुक्त राष्टसंघिय शरणार्थी आयोगको कार्यालयले दिएको जानकारी अनुसार अब झापा र मोरङका पाँच शरणार्थी शिबिरमा ५४ हजार नौसय ७२ जना भुटानी शरणार्थी रहेका छन् । शिबिरमा रहेका ति मध्ये पनि ४१ हजार २ सय ९३ जनाले पुनर्बासको लागि इच्छापत्र भरेका छन् । बाँकी १३ हजार ६ सय ७९ जना भुटानी शरणार्थीैले भने पुनर्बासमा कुनै चासो देखाएका छैनन् ।

शरणार्थीको मानबिय सहायताको लागि भन्दै सन् २००८मा तेस्रो मुलुक पुनर्बासको बिकल्प खुलेको थियो । कत्तिपय शरणार्थीले भने घर फिर्तीलाई भन्दा पश्चिमी देशमा पुनर्बासलाई अन्तराष्टिय समुदायले प्राथमिकता दिएको भन्दै पुनर्बासको आलोचना गर्ने गरेका छन् ।

From: Sharanarthi Sandesh