माया गर्छु तिमीलाई,मेरो साथ छोडेपनि
म प्रति तिरस्कारका ,फूल मनमा गोढेपनि
आशुं लुकाई खुसीहरू दिने चेस्टा गरौला
पराइसंग तिमीले ,मनको नाता जोडेपनि
तिमी खुशी हुन्छौ भने,बिस्मत मान्दिन म
केहि पलका कसमहरु,स्वार्थीपनले तोडेपनि
दोबाटोमा साथ छोड्यौ खै के भनु र म?
संगै हिड्ने पिरतीका नयाँ बाटो मोडेपनि
- सेमीखाओत लिम्बु








thank you for posting my articles