लेखक:  सेमी खाओत् लिम्बु



मेरी प्यारी झाल्मलाउछिन, पुर्णिमाको रातमा
सित बनि तिल्पिलाउछिन, बनस्पतिको पातमा

धर्तीलाई  मिर्मिराउदो  लाली  किरण  छर्दै
बिहानीमा  उदौछिन ,उनि घामको साथमा

घामले संसार छोड्ने बेला ,मुस्कुराउदै उनि
छम्छामाउदै नाच्ने गर्छिन,छितिज़को हातमा

उनको सुन्दरताको बयान कसले गर्दैन र?
अल्झिएकी छिन उनि ,हर युवाको  बातमा

Posted By H.K. Dahal